सोमबार, फाल्गुन ४,२०८२ 10:00:45
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:00:45
Bizshala
Global IME Bank Limited

सर्वसाधारणले रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

सर्वसाधारणले रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत माघ २८ गतेदेखि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार १ सय कित्ता कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

पहिलो चरणअन्तर्गत आईपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गरेको हो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.