रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा अपरान्ह ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।