बुधबार, बैशाख २,२०८३ 02:38:30
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 02:38:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Bizshala
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ निष्कासन गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रकमबराबरको रु.१०० अंकित दरका १ लाख ४२ हजार २०० कित्ता सेयरहरु नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुटयाईएका सेयर बाँडफाँड गरे पश्चात सर्वसाधारणलाई जारी पूँजीको १२ प्रतिशत अर्थात १४ करोड २२ लाख रकमबराबरको रु. १०० अंकित दरका १४ लाख २२ हजार कित्ता सेयरमध्ये २८ हजार ४४० कित्ता (सर्वसाधारणको लागि छुट्याएको सेयरको २ प्रतिशत) कर्मचारीहरुलाई र ७१ हजार १०० कित्ता (सर्वसाधारणको लागि छुट्याएको सेयरको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ११ लाख ८० हजार २६० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते हनेछ ।

CG Motors
Garima Development Bank
IME remit

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय,प्रभु क्यापिटलको कमलादी कार्यालय तथा कम्पनीले निर्माण गरेको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा गोरखा र पालुङाटार शाखाबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.