काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले अब २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्कासन गर्नेछ ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारणहरुका लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।