काठमाण्डौ । लोवर मिड रावाखोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगा वाट क्षमताको यो कम्पनीले १० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेहो हो ।
आईपीओ जारी गर्ने प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनी र आरविवि मर्चेन्ट बैंकिङबीच असार २३ गते यस सम्बनधी सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।