काठमाण्डौ। जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले आगामी साउन २२ गते शुक्रबार विशेष साधारण सभा बोलाएको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुढीगंगा गाउँपालिका–५, मोरङमा दिउँसो ३ बजेदेखि शुरु हुनेछ।
सभामा जारीपूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता आईपीओ निष्कासन गर्ने र जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।