शनिबार, जेष्ठ २,२०८३ 02:34:12
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:34:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गत आवमा १५ कम्पनीले मात्रै पाए आईपीओको अनुमति, पौने ५४ अर्बको सेयर निष्कासन अझै पेन्डिङमा

Laxmi Sunrise Bank Limited
गत आवमा १५ कम्पनीले मात्रै पाए आईपीओको अनुमति, पौने ५४ अर्बको सेयर निष्कासन अझै पेन्डिङमा
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा जम्मा १५ कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएका छन् । गत आवमा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहिन रहँदा १५ कम्पनीले मात्रै आईपीओको स्वीकृति पाएका हुन् ।  

धितोपत्र बोर्डले २०८१ मंसिर महिनादेखि मात्रै आईपीओ निष्कासनको लागि अनुमति दिन थालेको हो । धितोपत्र बोर्ड ७–८ महिनासम्म अध्यक्षबिहिन हुँदा कम्पनीहरुले आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् ।  

गत वर्ष मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएसँगै कम्पनीहरुले धमाधम आईपीओ निष्कासनको अनुमति पाएका हुन् । श्रेष्ठ अध्यक्ष बनेपछि मात्रै १३ वटा कम्पनीले साधारण सेयर जारी गर्ने अनुमति पाएका छन् ।

Bizshala
New Office
CG Motors

श्रेष्ठ आउनुअघि गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै आईपीओका लागि अनुमति पाएका थिए । गत आवमा १५ कम्पनीले कुल ३ अर्ब ९२ करोड ७२ लाख रुपैयाँबराबरको ३ करोड ९२ लाख ७२ हजार २९४ कित्ता सेयर जारी गर्ने अनुमति पाएका छन् । जसमा तीन माइक्रो इन्स्योरेन्स कम्पनी, ६ वटा हाइड्रो कम्पनी, एक माइक्रो फाइनान्स, एक होटल तथा पर्यटन, एक उत्पादन तथा पर्यटन र दुई अन्य समूहका कम्पनी रहेका छन् ।  

बोर्डका अध्यक्ष श्रेष्ठले पछिल्लो समय पाइपलाइनमा रहेका हाईड्रो कम्पनीहरुको फाइल हेरेर ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन थालेका छन् । गत आवमा १५ कम्पनीले सेयर निष्कासनको अनुमति पाएर ९ कम्पनीले सेयर निष्कासनको प्रक्रिया सम्पन्न गरिसकेका छन् भने ६ वटा कम्पनीको भने बाँकी रहेको छ । ६ मध्येपनि चार कम्पनी दरमखोला, माबिलुङ इनर्जी, स्वष्तिक लघुवित्त र बुङ्खल हाइड्रोले पहिलो चरणको आइपीओ निष्कासन गरिसकेका छन् भने दोस्रो चरणको आईपीओ निष्कासन हुन बाँकी छ ।  

साथै बन्दिपुर केवलबार र झापा इनर्जी लिमिटेडले भने दुई चरणकै आईपीओ निष्कासन गर्न बाँकी रहेको छ । यसरी बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाइसकेका ६ वटा कम्पनीको सर्वसाधारणमा कुल १ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख, ८७ हजार ५ कित्ता आईपीओ जारी हुन बाँकी रहेको छ ।  

अझैपनि आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डको पाइपलाइनमा ७२ वटा कम्पनी छन् । सम्भवतः आव २०८२–८३ मा गत आवमा भन्दा धेरै कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउनेछन् ।  

बोर्डका अनुसार ७२ कम्पनीको कुल ५३ अर्ब ८४ करोड २४ लाख ९२ हजार ६६१ रुपैयाँबराबरको ३७ करोड १४ लाख १३ हजार ३८३ कित्ता आईपीओ निष्कासनको लागि पाइपलाइनमा रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.