काठमाण्डौ । गोदावरी स्टिल लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । चैत २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजेदेखि १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, मूल्य निर्धारण तथा प्राप्त रकमको उपयोग बारे निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारि गरिनेछ ।
सभामा गत आवका वित्तीय विवरणहरु पारित गरिनुका साथै ३ जना संस्थापक सेयरधनीहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।