शुक्रबार, असार १२,२०८३ 02:03:54
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:03:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Laxmi Sunrise Bank Limited
अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासनको तयारी गरेको हो । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभाखोलाबी २१.५ मेगावाट र सभाखोलासी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अबको १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.