अर्विट इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । अर्विट इनर्जी लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित साधारण सभा डाकेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम साधारण सभा डाकेको हो । बैठकले आगामी पुस १७ गते काठमाण्डौको हाडिगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।