शनिबार, श्रावण २,२०८३ 08:49:05
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:49:05
Bizshala
Global IME Bank Limited

आईपीओ अनुमतिको पखाईमा रहेको अर्बिट इनर्जीले डाक्यो साधारण सभा

आईपीओ अनुमतिको पखाईमा रहेको अर्बिट इनर्जीले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमतिको पखाईमा रहेको अर्बिट इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो ।  

बैठकले आगामी भदौ १३ गते काठमाण्डौको हाडिगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा स्थानिय तथा सर्वसाधारणमा सेयर निष्कासन गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट प्राप्त निर्देशनबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ५० करोड रुपैयाँको रु. १०० अंकित दरका ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.