काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १९।०२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा १९ लाख ३६ हजार ५३ वटा आवेदन परेको छ ।
कम्पनीको आइपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।
कम्पनीको आइपीओ १० कित्ताका दरले १ लाख १९ हजार ५२० जनाले मात्रै प्राप्त गर्नेछन् । यसर्थमा १८ लाख १६ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।
कम्पनीले गत चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु।१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरेको थियो ।
यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २८ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।