पियोर इनर्जीको नाफा ५४.९९ प्रतिशतले बढ्यो, खर्च घट्यो
काठमाण्डौ। पियोर इनर्जी लिमिटेडको खर्चमा कमी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.९९ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपी कम्पनीको आम्दानी भने घटेको छ ।

