काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पियोर इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘पीयूआरई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १६ लाख कित्ता अर्थात् २० प्रतिशत सर्वसाधारणका लागि र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ६४ लाख कित्ता अर्थात् ८० प्रतिशत सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ ।