बुधबार, असार १०,२०८३ 10:51:49
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:51:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७.२७ लाख सदर आवेदकको हात खाली

Laxmi Sunrise Bank Limited
पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७.२७ लाख सदर आवेदकको हात खाली

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिकका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन सदर भएको र ६ हजार ४२६ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख २७ हजार १४४ सदर आवेदकको हात भने खाली भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.