मंगलवार, फाल्गुन ५,२०८२ 05:04:53
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:04:53
Bizshala
Global IME Bank Limited

पियोर इनर्जीद्वारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

पियोर इनर्जीद्वारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
Shivam Cement

काठमाण्डौ। पियोर इनर्जी लिमिटेडले बाँकेका ३ वटा विद्यालयमा अध्ययनरत ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार सरस्वती पूजाको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदापुरका १८५, पशुपति मावि घियागाउँका ३०२ र नेपाल राष्ट्रिय मावि पिडारीका ३१० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरी, पाठ्यपुस्तक र कर्नर लाइब्रेरी प्रदान गरिएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवसरमा कम्पनीका प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो । पियोरले शैक्षिक सामग्री प्रदान गरेपछि विद्यार्थीले खुसी व्यक्त गरे । सौर्य ऊर्जा कम्पनीले बालबालिकाको शिक्षामार्फत समाजप्रतिको दायित्व बहन गरेको भन्दै प्रशंका गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पियोर इनर्जीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुबै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् । गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.