काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा थप एक सिमेन्ट कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । बोर्डमा शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै असार २ गते आवेदन दिएको हो ।
कम्पनीले २ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २ करोड २ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले स्थानियत बासिन्दा र सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।