शुक्रबार, श्रावण २९,२०८३ 11:09:33
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:09:33
Bizshala
Global IME Bank Limited

५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन

Prabhu Bank Limited
५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन
New Office

काठमाण्डौ । नेपाल सरकारले श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आईपीओको कोटा छुट्टाएको छ । सरकारको यस्तो व्यवस्थाले विदेशमा रहेतापनि कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको पहुँच कायम हुन सकेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुको आईपीओप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।  

सरकारले बैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरुलाई कोटा छुट्टाउनुको उद्देश्य वैधानिक बाटोबाट रेमिट्यान्स भित्राउनु तथा पूँजीबजारमा लगानी भित्राउनु हो । कोरोना महामारीपश्चात सेयर बजार पूर्ण रुपमा अनलाइन भएको छ । लगानीकर्ताहरुले अनलाइन मार्फत पहिलो तथा दोस्रो बजारमा संसारको जुनसुकै ठाँउबाट सेयर खरिद गर्न तथा प्राथमिक बजारमा सेयरको आवेदन दिने सक्छन् ।  

CG Motors

यहि कारण हाल दक्षिण कोरिया , इजरायल , अष्ट्रेलिया तथा अन्य देशमा श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा गएका सबै नेपाली दोस्रो बजारमा खुलेको सेयरमा आवेदन दिन पाँउछन् । यसको लागि लगानीकर्ताले नेपालमा रहेको बैंकमा छुट्टै वैदेशिक रोजगारीको खाता खोल्नु पर्छ । त्यसैगरि ति मूलुकबाट सम्बन्धित खातामा रेमिट्यान्स आएको हुनुपर्ने प्रावधान पनि रहेको छ ।  

सीडीएससीले उपलब्ध गराएको तथ्यांक अनुसार हाल ५६ हजार भन्दा बढीले वैदेशिक रोजगार कोटाबाट आईपीओ भर्ने गरेका छन् । हाल प्राथमिक बजारमा आएको कुनै पनि कम्पनीको सेयरमा नेपाल सरकारले सर्वसाधारणको हिस्साबाट १० प्रतिशत सेयर  छुट्टाउने गरेको छ । सीडीएसीको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका लगानीकर्ताहरुले मध्ये २० प्रतिशतले दोहोरो आवेदन दिने गरेका छन् ।  

पछिल्लो पटक निष्कासन भएको ट्रेड टावर कम्पनीको आईपीओमा १५ हजार भन्दा बढी आवेदन रद्द भएका थिए । जसमा १० हजार भन्दा बढी वैदेशिक रोजगारमा गएकाले दिएको आवेदन रद्द भएका थिए । यो भनेको वैदेशिक रोजगार कोटाबाट आवेदन दिनको २० प्रतिशत हाराहारी हो । सीडीएसीको सिस्टममा पहिले नै तीन पुस्ते भेरिफाइ हुने भएको कारण दोहोरो आवेदनलाई रद्द गरिँदै आएको छ । यसरी दोहोरो आवेदन दिनेले सि –अस्वा श्ुल्क मात्रै तिर्नु परिरहरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.