काठमाण्डौ । चिनो हाईड्रो पावर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ खुलाउने तयारी गरेको छ । कम्पनीले अआईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको कम्पनीको कार्यालयमा अपरान्ह ४ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।
उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको प्रतिवेदन, गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।