आईतवार, श्रावण ३,२०८३ 01:53:15
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 01:53:15
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको एशियन कंक्रिटोले डाक्यो विशेष साधारण सभा

आईपीओ निष्कासनको तयारीमा रहेको एशियन कंक्रिटोले डाक्यो विशेष साधारण सभा
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको एशियन कंक्रिटो लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ७ गते नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको जारी पूँजी परिवर्तन गर्ने, साधारण सेयर र सर्वसाधारण सेयरको अनुपात परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न गत कात्तिक १९ गते साधारण सभा डाकेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.