शुक्रबार, श्रावण २९,२०८३ 11:00:52
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:00:52
Bizshala
Global IME Bank Limited

साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?

Prabhu Bank Limited
साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?
New Office

काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेका लघुबीमा कम्पनीहरुले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी गरी ७ वटा लघुबीमकले ८ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

लघु जीवन बीमातर्फ ३ करोड ७० लाख रुपैयाँ प्रिमियिम संकलन भएको छ भने निर्जीवनतर्फ ५ करोड १६ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ ।  

CG Motors

लघु जीवन बीमातर्फ सर्वाधिक गार्डियन माइक्रो लाइफले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १ करोड ८८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । कम्पनीमा हाल जारी बीमालेख संख्या २ लाख २७ हजार ४६१ रहेको छ ।  

त्यस्तै, दोस्रोमा क्रेष्ट माइक्रो लाइफले १ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीमा हाल जारी बीमालेख संख्या ६ हजार ८९३ रहेको छ । यसका साथै लिवर्टी माइक्रो लाइफले भने साउन महिनामा जम्मा ५१ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा जारी बीमालेख संख्या ७ हजार ६४३ रहेको छ ।  

यता निर्जीवनतर्फ भने सर्वाधिक नेपाल माइक्रो इन्स्योरेन्सले प्रिमियम भित्र्याएको छ । कम्पनीले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेर अग्रस्थान कायम गरेको छ । कम्पनीमा जारी बीमालेख संख्या ५ हजार ७८१ रहेको छ ।  

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ३६ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यी कम्पनीहरुमा जारी बीमालेख संख्या क्रमशः ४ हजार ६३९, ४ हजार ३६१ र ५ हजार ४६२ रहेको छ ।  

साढे १ अर्ब रुपैयाँको आईपीओ आउँदै  

लघुबीमा निर्देशिका अनुसार सञ्चालनमा रहेका ७ वटा लघुबीमा कम्पनीले साढे १ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नुपर्नेछ । लघुबीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।  

हाल लघुबीमा कम्पनीहरुको चुक्तापुँजी ७५ करोड रुपैयाँ छ । यसर्थमा सबै कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्दा कुल १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन हुनेछ ।  

लघुबीमा कम्पनीहरुले आइपीओ निष्कासनको प्रक्रिया समेत अघि बढाइसकेका छन् । कम्पनीहरुले साधारणसभामार्फत आइपीओ निष्कासनको प्रस्ताव पारित गरिसकेका छन् भने केही कम्पनीले बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता समेत नियुक्ति गरिसकेका छन् ।

लघुबीमा निर्देशिका बमोजिम लघुबीमकहरुले आइपीओ जारी गर्नुपर्ने व्यवस्था भएपनि कम्पनीहरुको व्यवसाय बढेपछि मात्रै सर्वसाधारणलाई सेयर जारी गर्ने लघुबीमा कम्पनीका सीइओहरु बताउँछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.