काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही भदौ ३१ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।
उक्त सभा काठमाण्डौमा रहेको ठमेल प्लाजा होटल एण्ड सुईट्सको सभाकक्षमा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने, यस सम्बन्धमा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत कुनैपनि किसिमको फेरबदल,संशोधन, थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको व्यवसाय विस्तार गर्न जग्गा खरिद गर्ने जस्ताज विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।