आईतवार, असार १५,२०८२ 10:45:06
  • आईतवार, असार १५,२०८२ 10:45:06
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तियारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले उक्त सभा यही वैशाख २९ गते धनुषा जिल्लाको जनकपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिका तर्फबाट अध्यषले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तीको अनुमोदन समेत गरिनेछ ।  

कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले  आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । आईपीओ निष्कासन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।  

कम्पनी विसं २०७९ पुस १४ गते दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.