शुक्रबार, जेष्ठ १,२०८३ 01:45:02
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:45:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादकले आईपीओ ल्याउने, विगत ५ वर्षकै ठूलो हुने

Laxmi Sunrise Bank Limited
विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादकले आईपीओ ल्याउने, विगत ५ वर्षकै ठूलो हुने
Shivam Cement

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नालोजी(क्याटएल)ले हङकङको बितेको ५ वर्षकै ठूलो आईपीओ ल्याउने भएको छ ।  

चिनियाँ कम्पनी क्याटएलले हङकङ स्टक एक्सचेञ्जमा लिस्टिङ हुन आवेदन दिएको छ । यद्यपी यो आईपीओको मिति र आकार भने खुलाइएको छैन । समाचार एजेन्सी रोयटर्सले आईपीओकोृ आकार ५ अर्ब डलर हुने उल्लेख गरेको छ । यो आईपीओ सन् २०२१ को सुरुवातमा टिकटकले जारी गरेपछिकै उच्च हुनेछ । त्यसबेला टिकटकले हङकङ स्टक एक्सचेञ्जमा ५.३२ अर्ब डलरबराबरको आईपीओ जारी गरेको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले गरेको फाइलिङका अनुसार क्याटएलको लिस्टिङका लागि बैंक अफ अमेरिका, चाइना इन्टरनेशनल क्यापिटल कर्पोरेशन,चाइना सेक्युरिटिज इन्टरनेशनल र जेपी मोर्गन संयुक्त स्पोन्सर रहेका छन् । यो आईपीओले विश्वका दीर्घकालिन संस्थागत लगानीकर्तालाई आकर्षिक गर्ने जनाइएको छ ।  

क्याटएल चीनको सेन्जेन स्टक एक्सचेञ्जमा पनि सूचिकृत छ । यसको बजार पूँजीकरण १५०.५ बिलियन डलरबराबर रहेको छ ।  

क्याटएलले टेस्ला र भोल्सवागेन जस्ता कम्पनीलाई ब्याट्री आपूर्ति गर्ने गर्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X