काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि तथा पूँजीको संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने,कम्पनीको आईपीओ सर्वसाधारणमा जारी गर्ने र सो को अख्तियारी दिने जस्ता विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने र उक्त अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा वासलात पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।