आईपीओको प्रस्ताव पारित गर्न फेदीखोला हाईड्रोले डाक्यो साधारण सभा
काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।