काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलबीच बिहीबार सम्झौता सम्पन्न भएको छ । कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।