बिहीबार, माघ ८,२०८२ 11:57:21
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 11:57:21
Bizshala
Global IME Bank Limited
Bizshala

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यसअघि कम्पनीले उक्त आईपीओमा माघ २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले समयअगावै आईपीओको बिक्री आवेदन बन्द गर्न लागिएको हो ।  

कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

Bizshala
Garima Development Bank
New Office

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरको १५ लाख ५० हजार कित्ता साधारण सेयरको ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लम्जुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानिय बासिन्दाका लागि र बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण सेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाका लागि जारी गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा  ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.