काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औं साधारण सभा डाकेको हो ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा विद्युतीय माध्यमबाट पुस २१ गते आयोजना हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको जारी पूँजी वृद्धि गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्य थप गर्ने,चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र कम्पनी सचिवको नियुक्ती गर्ने प्रस्तावहरु समेत पारित हुनेछ ।