काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापकहरुले चुक्ता गर्न बाँकी रहेको संस्थापक सेयर प्रतिकित्ता रु.१०० का दरले बिक्रीमा राखेको हो ।
आईपीओ निष्कासन कार्यका लागि संस्थापक सेयर चुक्ता गरी सोहि बमोजिम सेयर लागत जारी गरी उक्त सेयर लागत आईपीओे जारी गर्ने सेयर रजिष्ट्रार कम्पनीलाई बुझाउनुपर्ने भएकाले कम्पनीले संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले उल्लेख गरेको छ । निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा नयाँ सेयर खरिदकर्तालाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।