पुवा खोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । उक्त विशेष सभा यही असार २७ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।