काठमाण्डौ । पुवाखोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी फागुन ३ गते आयोजना हुनेछ ।
सभामा आईपीओ निष्कासन गर्ने तथा सर्वसाधारणका लागि बिक्री गरिने र संस्थापक सेयरको अनुपातलाई संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै,कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने र कम्पनीको जगेडा सेयर बिक्री गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।