काठमाण्डौ । एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । यस सम्बन्धि एलएस क्यापिटल र पुवा खोलाबीच सम्झौता भएको छ ।
उक्त सम्झौता—पत्रमा एलएस क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर
एलएस क्यापिटको कोषको आकार रु १ अर्ब रहेको छ ।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।