शनिबार, श्रावण १०,२०८२ 02:30:27
  • शनिबार, श्रावण १०,२०८२ 02:30:27
Global IME Bank Limited

बिस्कुट उत्पादक कम्पनी नेबिकोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Hyundai Nepal
बिस्कुट उत्पादक कम्पनी नेबिकोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Shivam Cement

काठमाण्डौ । नेबिको लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  

कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच साउन ८ गते सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा भएको हो । उक्त समझौतामा नेबिको लिमिटेडका तर्फबाट अध्यक्षश्री राज बहादुर सिंह र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Muktinath Bikas Bank Limited

नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाण्डौ बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ । यसको व्यापार बिभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज,सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन ।

आगामी आर्थिक बर्षहरुमा कम्पनीको बेकरी, वेफर, पफ लगायतका उत्पादनहरु स्वदेश र बिदेशमा बिस्तार गर्ने योजना रहेको छ । यसको लागि हेटांैडा औद्योगिक क्षेत्रमा कम्पनीको भवन निर्माण सम्पन्न भइरहेको छ,भने आवश्यक मेसिन खरिद प्रकृया अघाडि बढिरहेको जानकारी कम्पनीका कार्यकारी प्रमुख होम नाथ न्यौपानेले दिए । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.