बिस्कुट उत्पादक कम्पनी नेबिकोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाण्डौ । नेबिको लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच साउन ८ गते सेयर निष्कासनसम्बन्धी...