शुक्रबार, असार १३,२०८२ 01:54:24
  • शुक्रबार, असार १३,२०८२ 01:54:24
Global IME Bank Limited

वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । फागुन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभा आगामी चैच १५ गते भक्तपुरको मध्यपुर ठिमीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, उच्च अदालत पाटनबाट गत असार १६ गते भएको फैसला बमोजिम कम्पनीको पूँजी घटाउने र प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन दिएको खण्डमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने  सञ्चालक समितिकोतर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन लगायत सम्पूर्ण अनुसूची पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावहरु समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.