शनिबार, श्रावण ९,२०८३ 07:55:21
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:55:21
Bizshala
Global IME Bank Limited

अतिथि रिसोर्ट एण्ड स्पाले गर्यो आईपीओ निष्कासनको तयारी

अतिथि रिसोर्ट एण्ड स्पाले गर्यो आईपीओ निष्कासनको तयारी
New Office

काठमाण्डौ । अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।  

कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा पोखरामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित हुनेछ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.