काठमाण्डौ । अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा पोखरामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

