शुक्रबार, असार १३,२०८२ 02:46:50
  • शुक्रबार, असार १३,२०८२ 02:46:50
Global IME Bank Limited

आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं

Hyundai Nepal
आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्काशनको अजेण्डा पारित गर्न आज दुईवटा हाईड्रो कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । आज गोरक्ष हाईड्रोपावर लिमिटेड र गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  

गोरक्ष हाईड्रोपावर

गोरक्ष हाईड्रोपावरको आव २०७९/८० र २०८०/८१ को साधारण सभा आज काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनिको अधिकृत पूँजी वृद्धि गरि १ अर्ब ५० करोड पुऱ्याउने, कम्पनिको तत्काल जारी पूँजी वृद्धि गरि १ अर्ब ३० करोड पुर्याउने, कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पूँजीको १० प्रतिशतका दरले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने सेयर संस्थाका कर्मचारी, श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई प्राथमिक सेयर निष्कासन(आईपीओ) जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आव २०७९/०८० र आव २०८०/०८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कार्य प्रगति प्रतिवेदन पारित गर्ने, यी दुवै आवको वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसुची सहितकों वित्तीयं विवरणहरु अनुमोदन गर्ने र आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै संस्थापक समूह मध्येबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ संचालक चयन र मनोनित गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

गाँउघर उज्यालो साना हाईड्रोपावर  

गाँउघर उज्यालो साना हाईड्रोपावरको वौं वार्षिक साधारण सभा ललितपुरको बालकुमारीमा रहेको केएफसीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने,चुक्तापूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवतरणहरु पारित गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.