काठमाण्डौ । झ्यामोलोङमा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी चैत २४ गते पोखरामा आयोजना हुनेछ ।
सभामा आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिन्का साथै कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।