मंगलवार, असार १७,२०८२ 11:13:52
  • मंगलवार, असार १७,२०८२ 11:13:52
Global IME Bank Limited

हिम स्टार उर्जाले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
हिम स्टार उर्जाले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो ।  

कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

जसमध्ये जारीपूँजीको ५ प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ८६ हजार ५ सय कित्ता ओखलढुङ्गा जिल्ला, खिजीदेम्बा गापा वडा न ८ साविक भुसिङ्गा गाविस वा सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गापा वडा न. २ साविक गोली गाविस वडा न.१,२,३,४,५ का स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ९३ हजार २५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि गत जेठ ३० गतेदेखि असार १३ गतेसम्म जारी गरिएको थियो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० ह जार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा असार २७ गते  र ढिलोमा साउन ६ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.