बिहीबार, आश्विन २३,२०८२ 04:27:00
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 04:27:00
IME remit
Global IME Bank Limited

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत असोज ७ गतेदेखि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको थियो ।  

जसअन्तर्गत श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी ४ लाख ९७ हजार ०९२ कित्ता आईपीओ निष्कासन बन्द भईसकेको छ ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु। १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको छ ।  

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एसवाई पयानलको रत्नगर चितवनको कार्यालय, प्रभु क्यापिटलको कमलादी र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन वेबसाइटबाट र प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र उद्योग प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्तर्गत आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गर्नेछ । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.