आजदेखि एसवाई प्यानलको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।...

