काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ आज बाँडफाँड गरेको हो ।
गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन गरिएको कम्पनीको आईपीओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाको आवेदन परेको थियो ।
कुल आवेदनमध्ये २० लाख ८७ हजार ३ सय २० आवेदन सदर भएको छ । मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलप्रथा विधिबाट गरिएको क्यापिटलले जनाएको छ ।
जसअन्तर्गत ४ लाख ७ हजार ६ सय १५ जनाले १० कित्ताका दरले आईपीओ बाँडफँड गरिएको छ । बाँकी रहेको ६ कित्ता सेयर भने बाँडफाँडमा परेका ६ जनालगानीकर्तालाई १÷१ कित्ताका दरले वितरण गरिएको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गरेको थियो ।

