काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको एसवाई प्यानल नेपाल लिमिटेडले ७८ लाख ७१ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ७१.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानीमा गिरावट आएसँगै नाफामा कमी आएको हो । कम्पनीको बिक्री आम्दानी ३३ करोड ८६ लाखबाट घटेर ३१ करोड १७ लाखमा सीमित बनेको छ ।
कम्पनीले यो अवधिमा ६ लाख ७९ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।
यस्तै कम्पनीको कर्मचारी खर्च १ करोड ९३ लाखबाट बढेर २ करोड २८ लाख, प्रशासनिक खर्च २ करोड ६८ लाखबाट बढेर ४ करोड ५८ लाख र बिक्री तथा वितरण खर्च समेत २ करोड २८ लाखबाट बढेर २ करोड ४३ लाख पुगेको छ ।
कम्पनीको वित्त आम्दानी ३ लाख ३० हजारबाट बढेर ४ लाख ५४ हजार पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रिजर्भको आकार ७ करोड ९१ लाखबाट बढाएर १२ करोड ६१ लाख पुर्याएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ, तरलता अनुपात १७.७२ प्रतिशत र पीई रेसियो ८३९.४० गुणा कायम भएको छ ।

