काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो ।
धितोपत्र बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओृ निष्कासन गर्न स्वीकृती दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।