काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष प्रभु क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको ७८ लाख ४८ हजार ८२३ कित्ता गरी जम्मा १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर २१ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘एसवाईपीएनएल’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०६.६१ रुपैयाँ र ३१९.८३ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

