आईतवार, फाल्गुन १०,२०८२ 03:26:18
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:26:18
Bizshala
Global IME Bank Limited

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष प्रभु क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको ७८ लाख ४८ हजार ८२३ कित्ता गरी जम्मा १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर २१ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘एसवाईपीएनएल’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०६.६१ रुपैयाँ र ३१९.८३ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.