काठमाण्डौ । ग्राण्ड सेन्ट्रल होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन २९ गते इटहरीमा रहेको होटलको परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभाबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोसँग सम्बन्धित आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको पूँजी वृद्धि र पूँजी संरचना परिवर्तन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा कम्पनीको वार्षिक प्रतिवेदन तथा गत आवको सम्पूर्ण वित्तीय विवरणहरु समेत अनुमोदन गरिनेछ ।

