Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 03:27:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पिपुल्स इनर्जीले ६६ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने, ज्योति क्यापिटल प्रत्याभूतिकर्ता नियुक्त

Laxmi Sunrise Bank Limited
पिपुल्स इनर्जीले ६६ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने, ज्योति क्यापिटल प्रत्याभूतिकर्ता नियुक्त
Shivam Cement

काठमाण्डौ । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) को प्रत्याभूति गर्ने जिम्मेवारी ज्योति क्यापिटल लिमिटेडले प्राप्त गरेको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ, जसको कुल आकार ६६ करोड रुपैयाँबराबर रहेको छ।

यस सम्बन्धमा सोमबार ज्योति क्यापिटल र पिपुल्स इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको हो। काठमाण्डौको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल तथा पिपुल्स इनर्जीका महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

Bizshala
New Office
CG Motors

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, प्रत्याभूति तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.