पिपुल्स इनर्जीले ६६ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने, ज्योति क्यापिटल प्रत्याभूतिकर्ता नियुक्त
काठमाण्डौ । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) को प्रत्याभूति गर्ने जिम्मेवारी ज्योति क्यापिटल लिमिटेडले प्राप्त गरेको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ, जसको कुल आकार ६६ करोड रुपैयाँबराबर रहेको छ।यस सम्बन्धमा सोमबार ज्योति क्यापिटल र पिपुल्स...

