काठमाण्डौ । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रूपैयाँ अंकित दरका ३ लाख ५ हजार ६०० कित्ता साधारण सेयर निष्काशनको तयारी गरेको हो ।
नेपालपेमेन्ट सोल्युशन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।